Public Pana
बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज बोलाए बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक आज विहिबार बोलाएका छन् । 


अस्ति मंलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न उनले प्राधिकरणको बैठक बोलाएका हुन् । 


आज बिहीबार बस्ने बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायत विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 


प्रधानमन्त्री दाहालले हिजो बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए । 


मङ्गलबार अपराह्न २ बजेर ४३ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पबाट बझाङमा १ जनाको मृत्यु भएको छ । भने विभिन्न किसिमका सरकारी तथा निजी घरहरु भत्किएका छन् ।


 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update