Public Pana
आजदेखि मौसममा क्रमिक सुधारः छैन ठूलो पानी पर्ने सम्भावना

आज बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने भएको छ । नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहे पनि अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएका छन् । 


आजदेखि भारी वर्षा हुने सम्भावना कम रहेको विभागले उल्लेख गरेको छ । ’मंगलबार र बुधबारजस्तो लगातार झरी हुन्न, केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने हुन्छ, पूर्वमा मात्रै अलिकति बाँकी छ, अब आजदेखि भारी वर्षा भने हुन्न,’ विभागको अनुमान छ ।
विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ । 
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 


कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update