Public Pana

नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान गठबन्धनले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने बताउनुभएको छ । 
 

मेची महाकाली समाजवादी जागरण अभियानको क्रममा धनुषाको जनकपुरधाम पुग्नुभएका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठन मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस बिनाको सरकारको कल्पना समेत अहिले गर्न नसक्ने बताउनुभएको हो ।

उहाले प्रचण्ड नेतृत्वको सरकारमा केहि कमी कमजोरी भएपनि सुधार गर्न आफुहरु अभिप्रेरित गर्दै सरकारलाई बचाइ राख्ने जिकिर गर्नुभयो ।
 

देशमा एक परिवारको शासन र बर्चश्वका लागि धार्मिक अतिवादका क्रियाकलाप सुरु भएको भन्दै उहाले आफुहरु देशमा भएको परिवर्तणको रक्षाका लागि सधै तत्पर रहने धारणा राख्नुभयो ।


उहाले संविधानमा उल्लेखित समाजवादका मुख्य आधार शिक्षा, स्वास्थ्य, रोजगारका लागि आफुहरु केन्द्रित रहेको र समृद्वि र सुशासनका लागि यो अभियान चलाइरहेको जानकारी दिनुभयो ।  

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update