Public Pana

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई कमजोर पार्न गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको बताउनुभएको छ । 
बुधवार विराटनगरमा आयोजना गरिएको एमाले कोशी प्रदेश समितिका निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई कमजोर पार्न पार्टी भित्र हुदै नभएको गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको र हौवा फैलाउने कार्य भईरहेको बताउनुभएको हो

। एमालेलाई विभाजन गराउन पार्टी भित्र दरार पैदा गर्न अहिले पनि देशी विदेशी शक्तिहरु लागिपरेकोले यस तर्फसचेत भएर हिड्न नेता कार्यकर्ताहरुलाई उहाले निर्देशन दिनुभयो । उहाले नेकपा एमालेको भिजन सुखि नेपाली र समृद्ध नेपाल निर्माण गर्ने र सवै क्षेत्रमा विकास गर्नुका साथै गरिवि निवारण गर्ने उदेश्य रहेको धारणा राख्नुभयो । 


अध्यक्ष ओलीले लोकतान्त्रिक पार्टीमा आपसमा स्वस्थ प्रतिस्पर्धा हुनु र निर्वाचित हुनुलाई सामान्य ढंगले बुझ्न आग्रह गर्नुभयो । कार्यक्रममा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update