Public Pana

एएफसी एसियन कप छनोट खेल्न मंगोलिया जान लागेका फुटसल खेलाडीलाई एन्फाले विदाई गरेको छ । 


आज बुधबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय टोलीलाई विदाई गरेका हुन् । असोज २० देखि २३ गतेसम्म मंगोलियामा फुटसलको एसियन कप छनोटका खेल हुँदै छन् ।

त्यसका लागि नेपाली टोलीले बन्द प्रशिक्षण सम्पन्न गरिसकेको छ । विदाई कार्यक्रममा मुख्य प्रशिक्षक गौरव बस्नेतले एसियन कप छनोट समूहमा बलियो टीम भएपनि बलियो प्रतिष्पर्धीका साथ खेलमा उत्रने बताउनुभयो । उहाले नेपालमा फुटसलको लिग र प्रत्याप्त खेल नभएका कारण अनुभव बटुल्ने मौका पाउन नसकेको बताउनुभयो ।
त्यस्तै नेपाली टोलीका कप्तान मणिकुमार लामाले पहिलो चरण खेल्ने टीमलाई बलियो चुनौती दिने बताउनुभयो । तयारी गर्ने समय कम भएपनि राम्रो नजिता आउने उहाले बताउनुभयो ।


छनोट प्रतियोगितामा विभिन्न ३१ राष्ट्र सहभागी छन् । यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ ।

नेपाल भने समूह ‘डि’ मा रहेको छ । नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् । प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट सात उपविजेता टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update