Public Pana
नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशकमा संगिता पहाडी

नेपाल टेलिकमका निमित्त प्रवन्ध निर्देशकमा संगिता पहाडी नियुक्त भएकी छन् । 


सूचना, प्रविधी तथा सञ्चार मन्त्रालयमा आज बसेको बैठकले टेलिकममा दोस्रो वरियातामा रहेकी कार्यबाहक प्रबन्ध निर्देशक पहाडीलाई निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।


केहि दिन अघि यस अघिका प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेका थिए ।


अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा उनलाई दोषी ठहर्याउँदै विशेष अदालतमा मुद्धा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् । 


अदालतमा भ्रष्टाचार प्रकरणमा मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा पर्ने कानूनी व्यवस्था छ । पौडेल निलम्बनमा परेसँगै कार्यबाहक प्रबन्ध निर्देशकको जिम्मेवारी पहाडीलाई दिइएको नेपाल दूरसंचार कम्पनी बोर्ड स्रोतले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update