Public Pana

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।


सिंहदरबारमा बुधबार बसेको समिति बैठकले चाडबाड लक्षित सहूलियत मूल्य पसलको सङ्ख्या बढाउन, कर्णालीलगायत दुर्गम जिल्लामा खाद्य वस्तुको अभाव हुन नदिन र बजार अनुगमनलाई प्रभावकारी बनाउन समेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।


विभिन्न स्थानमा सहुलियत मूल्य पसल स्थापना गर्ने निर्णयको स्वागत गर्दै बैठकले सहुलियत पसल थप विस्तार गरी सबै नागरिकमाझ उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको समिति सभापति अब्दुल खांनले जानकारी दिनुभयो । 

बैठकमा सांसदहरुले चाडवाडको बेला हुने कालो बजारी र मूल्यबृद्धि नियन्त्रण गर्दै सुपथ मूल्य पसललाई विस्तार गर्न आग्रह गरेका थिए ।

त्यस्तै बैठकले सुपारी व्यवसायको समग्र अवस्थाबारे सरोकारवालासँग थप जानकारी लिएर यस विषयमा समितिले थप अध्ययन गर्ने निर्णयसमेत गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update