Public Pana
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहरबारमा बसिरहेको छ ।


पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको हो ।


सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी छन् ।


पछिल्लो केही सातायता सुनसरी, सर्लाही र बाँकेको नेपालगञ्जसहितका स्थानमा देशको सुरक्षालाई चुनौती दिने गरी धार्मिक तनाव बढ्दै गएपछि यो बैठक बसेको हो । 


नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्युको अवस्था छ ।

त्यहाँको तनाव रोक्न मंगलबारदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली परिचालन गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update