Public Pana
रोल्पाकी माओवादी नेतृ विरुद्ध भ्रष्टाचार मुद्दा

रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रीता घर्तीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।


नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश समिति सदस्यसमेत रहेकी रीतासहित गंगादेवका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवविरुद्ध पनि बुधबार भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

तत्कालीन उपाध्यक्ष घर्ती र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवसहित १३ जनाले गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गंगादेव गाउँपालिका–२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो ।


अख्तियारको अनुसन्धानबाट सोलार पम्पिङ खानेपानी निर्माण योजनाका लागि आर्थिक वर्ष २०७६-७७ मा गंगादेवबाट लागत अनुमान बनाएर रकम विनियोजन गरिएको थियो । 


उक्त आयोजनालाई उपभोक्ता समितिसँग सम्झौता गरेर कार्यान्वयनमा लैजाँदा वास्तविक भए गरेकोभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन दिई गलत नापी किताब तयार गरिएको अख्तियारले जनाएको छ ।


गलत नापी किताब अनुसार झुटो बिल भरपाई तयार गरी, गर्न लगाई भए गरेकोभन्दा बढी भुक्तानी गर्न नमिल्ने ४ लाख ६६ हजार ४ सय ८८ रुपैयाँ ९८ पैसा दिएर हानीनोक्सानी पु¥याएको अख्तियारले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update