Public Pana
धार्मिक अभियानमा लागे रवि पशुपतिनाथ–मुक्तिनाथ यात्रा

राष्ट्रिय स्वतन्त्र पार्टीले धर्मबारे बहस भइरहेका बेला काठमाडौंदेखि मुक्तिनाथसम्म जोड्ने गरी ‘जनताको घरघरमा पुग्ने’ कार्यक्रम तय गरेको छ ।


सभापति रवि लामिछानेसहित केही केन्द्रीय सदस्य सो अभियानमा सहभागी हुने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
अभियानको नाम अहिले छलफलकै क्रममा छ । यद्यपि, ‘पशुपतिनाथदेखि पोखरा हुँदै मुक्तिनाथमा रास्वपा’ नाम प्रस्ताव गरिएको छ ।


अभियानको नाम छलफलकै क्रममा भए पनि कार्यक्रम भने निश्चित भइसकेको सभापति लामिछानको सचिवालयले जनाएको छ । जसअनुसार, लामिछाने केही केन्द्रीय सदस्यसहित काठमाडौंबाट पोखरा हुँदै मुक्तिनाथ पुग्नेछन् । अभियान करिब एक साताको हुनेछ ।

 
असोज २२ देखि २७ गतेसम्म अभियान चलाउनेबारे छलफल चलिरहेको सहमहामन्त्री बुर्लाकोटीले बताए ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update