Public Pana

आफ्ना श्रीमानको हत्या गर्ने योगराज ढकाल (रिगल)ले राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएपछि अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । 


कैद माफीको निर्णयविरुद्ध आफैंले दायर गरेको रिटमा तारेख धान्न सर्वोच्च पुगेकी भारती सर्वोच्च परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले वीर अस्पताल पुर्याइएका छन् ।


भारतीले बुधवारदेखि नै माइतीघर मण्डलामा २ घण्टे आमरण अनशन थालेकी थिइन् ।


भारतीका श्रीमान् चेतन मानन्धरको नेपालगञ्जस्थित धम्बोजी चोकमा २०७२ साल असार २८ गते  खुँडा प्रहार गरी हत्या भएको थियो ।


चेतनको हत्यामा दोषी ठहर भएका रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update