Public Pana
रजनीकान्त र अमिताभबीच लामो समयपछि भेट

सन् १९९२ मा बलिउड चलचित्र ‘हम’मा रजनीकान्त र अमिताभ बच्चन एकसाथ देखिएका थिए। त्यसयता यी दुई कलाकारलाई फिल्ममा सँगै देख्न पाइएको छैन । 


तर ३२ वर्षपछि दर्शकले अब यी दुई सुपरस्टारलाई सँगै देख्न पाउने भएका छन्।  रजनीकान्तको ‘थलाइवर १७०’ मा अमिताभ बच्चनले पनि अभिनय गर्ने भएका हुन् । 


यो फिल्ममा मञ्जु वारियर, दुशारा विजयन र रितिका सिंहलगायत नयाँ अनुहार पनि देखिने छन्। साथमा बाहुबलीबाट चर्चित बनेका राणा दग्गुबाती पनि चलचित्रमा देखिने छन् ।


कलाकार जोडिने क्रममा फिल्ममा अमिताभ जोडिएका हुन् । अमिताभ फिल्ममा जोडिएको कुरा निर्माण कम्पनीको आधिकारिक सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको हो ।


‘भारतीय सिनेमाको शहंशाहलाई स्वागत छ,’ पोस्टमा भनिएको छ ।


यो चलचित्रको निर्देशन टीजे गनानवेलले गर्दै छन्। उनले यसअघि सूर्या अभिनित चलचित्र ‘जय भीम’ को निर्देशन गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update