Public Pana
भेपमा सुन ल्याउने चिनियाँ ‘गिरोह’का गाडी चालक पक्राउ

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।


संयुक्त अरब इमिरेट्स यूएईबाट गत पुसमा इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन तस्करी भएको थियो । चिनियाँ नागरिक दावा जिन वाङले ल्याएको पैठारीको सुन भन्सारले रोकेको थियो । 


पछि भन्सारकै कर्मचारीले गायब पारेका थिए। यही प्रकरणमा दावा जिनका सवारी चालक लोकेन्द्र कुमार पौडेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । 


सोही प्रकरणमा गत भदौ १३ गते माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरिरहेको छ । 


उक्त प्रकरणमा सोमबार माओवादी उपाध्यक्ष महरासँग पनि सीआईबीले बयान कागज गराएको छ । 
फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते ९ किलो सुन काठमाडौँ भित्र्याइएको थियो ।


सो काण्डमा भन्सारका कर्मचारीसहित ५ जना पुर्पक्षका लागि कारागारमा छन् ।


तर सुन ल्याउने दावा जिन भने नेपालमा अनुसन्धान सुरु भएपछि चीन फर्किएका थिए ।
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update