Public Pana
हेटौँडा काठमाडौं जोड्ने दुईवटा सडक बिहानैदेखि अवरुद्ध

हिजो मंगलवार राति परेको वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकखण्ड आज बुधवार बिहानैबाट यातायात अवरुद्ध भएका छन् । 


पहिराका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडास्थित पहिरो जाँदा आज बुधवार बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।


यसैगरी पहिराका कारण कुलेखानी–सिस्नेरी सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।


ती दुवै सडकखण्डमा गएको पहिरो आज अपराह्नमा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न प्रहरी नायब उपरीक्षक भण्डारीले आग्रह गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update