Public Pana
एमाले गण्डकी प्रदेशको नेतृत्वमा पनि गुटगत प्रतिस्पर्धा, हेरौं प्यानल

नेकपा एमाले गण्डकी प्रदेशको पोखरामा जारी अधिवेशनमा दुई खेमामा उम्मेदवारी परेको छ ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षबीच निर्वाचन हुने देखिएको हो ।


उपमहासचिव गुरुङ पक्षबाट अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मीनप्रसाद गुरुङ र सचिवमा धनन्जय दवाडीले उम्मेदवारी दिएका छन् ।

उपसचिवमा दानबहादुर विक र उपसचिव महिलातर्फ मञ्जु अधिकारीको उम्मेद्वारी परेको छ ।
यस्तै अधिकारी पक्षबाट अध्यक्षमा मायानाथ अधिकारी, उपाध्यक्ष बाबुराम विक र सचिवमा रश्मी आचार्य उम्मेद्वार बनेका छन् ।

उपसचिवमा सन्तोष राहुल र महिला उपसचिवमा मिना गुरुङले उम्मेद्वारी दिएका छन् ।


निर्वाचन कमिटीले अपराह्न चार बजेपछि मतदान सुरु गर्ने जनाएको छ ।

अधिवेशन असोज १५ र १६ गते तोकिएकोमा नेतृत्व चयन प्रक्रियामा सहमति जुट्ने सम्भावना कम भएपछि एक दिन लम्बिएको हो ।

अधिवेशनमा ९ सय ७ जना प्रतिनिधि छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update