Public Pana
धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, पृथ्वी राजमार्ग ठप्प

धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु भएको छ ।


आज बुधवार बिहान भएको दुर्घटनामा कक्षा– ८ मा अध्ययनरत २ विद्यार्थीको मृत्यु भएको हो ।


ट्युवन पढ्न गइरहेका विद्यार्थीलाई ट्रकले ठक्कर दिएको थियो । 


धादिङका एसपी गौतम मिश्रले लोकान्तरलाई दिएको जानकारी अनुसार अहिले पृथ्वी राजमार्गमा पर्ने सो क्षेत्रको अवस्था तनावग्रस्त छ ।


परिवार र आफन्तले राजधानी काठमाडौंको प्रमुख नाका रहेको मलेखु क्षेत्रको यातायात ठप्प गराएका छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update