Public Pana
मधेशको सुरक्षा चुनौतीबारे गृहमन्त्रीको ध्यानाकर्षण

मधेशको सुरक्षा चुनौतीबारे गृहमन्त्रीको ध्यानाकर्षण पछिल्लो समय मधेशका जिल्लामा बढेको सुरक्षा चुनौतिको विषयमा आज महोत्तरीको बर्दिबासमा गृहमन्त्रीको उपस्थितिमा अन्तरक्रिया भइरहेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे सुरक्षा अधिकारीहरुसँग अन्तरक्रिया गरेका हुन्।

अन्तरक्रियामा आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुख सहभागी छन् ।

बैठकमा अहिले मधेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले रिपोर्टिङ गरिरहेका गृहमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।

सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिने कार्यक्रम छ ।

प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने किसिमका गतिविधि भइरहेको जानकारी गृहमन्त्रीलाई गराएका छन् ।

bardibas_1696399405.jpg

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update