Public Pana
वायुसेवा निगममा सूचना प्रविधि विभागनै नरहेको खुलासा 

नेपाल वायुसेवा निगम(नेवानि)मा सूचना प्रविधिको प्रयोगको अवस्था नाजुक रहेको र सूचना प्रविधि विभागनै नरहेको खुलासा भएको छ ।


नेपालको एक मात्र सरकारी तथा अन्तराष्ट्रिय वायुसेवा संचालन गर्ने संस्थामा प्रविधिगत हस्तक्षेप गर्न र सूचना प्रविधि मैत्री बनाउन सुझाब दिईएको छ ।


नेपाल वायुसेवा निगमको संरचनागन एवंम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिको प्रतिवेदन २०८० ले निगममा परम्परागत रुपमा तथ्यांकहरु राखिने गरेको भन्दै संस्था डिजिटल मैत्री नभएको उल्लेख गरेको छ ।


पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीको संयोजकत्वमा गठित समितिले सार्वजनिक गरेको प्रतिवेदनमा प्राविधिक हस्तक्षेप गर्न सुझाब दिईएको छ ।


जसमा भनिएको छ, हवाइसेवा उद्योगमा बजारलाई विस्तारगरी संस्थालाई प्रविधिमैत्री बनाउन प्रविधिको महत्वपूर्ण भूमिका हुन्छ। अतः निगमको दैनिक कार्यलाई प्रभावकारी र परिणाममुखी बनाउनका लागि निगमलाईManagement Information Services (MIS), Enterprise Resource Planning (ERP) Customer Relation Management (CRMबनाउनपर्ने देखिन्छ । Management Information Services (MIS), Enterprise Resource Planning (ERP) Customer Relation Management (CRM_ सफ्टवेयरबाट २४ सै घण्टा गुनासो सुन्ने र गुनासो सम्बोधन गर्ने युनिटका अतिरिक्त विमानका गतिविधि सेवाग्राहीले सजिलै बुझ्न पाउने गरी कल सेन्टर स्थापना गर्नपर्ने देखिन्छ ।”


प्रतिवेदनले स्पष्टरुपमा निगममा सूचना तथा प्रविधि विभाग नै नभएको देखिएको खुलासा गरेको हो ।


उडड्यन सेवा क्षेत्रका लागि सूचना तथा प्रविधि अनिर्वाय शर्त भएको भन्दै व्यापारिक प्रतिष्ठान वा निगम जस्तो सार्वजनिक संस्थाहरुको दैनिक कार्यहरु सूचना प्रविधि विना प्रायः असम्भव नै हुने बताईएको छ ।


“निगमको आन्तरिक सूचना संजाल प्रणाली, साइवर सुरक्षा, साइवर संजाल, बैकिङ्ग आइपिइस प्रणाली, जहाज भित्र इन्टरनेट सेवा सुचारु गर्ने आदिकार्यहरु सूचना तथा प्रविधिसँग सम्बन्धित छन्।

यी सबैलाई प्रभावकारी र जोखिममुक्त बनाउनका लागि निगममा सूचना तथा प्रविधि विभाग नभएको देखियो ।” प्रतिवेदनमा भनिएको छ ।
यति मात्र नभई आधुनिक र प्रविधि मैत्री समयमा निगमको लेखा र अभिलेख, आन्तरिक, बाह्य तथा कर लेखापरीक्षणको अवस्था समेत निकै कमजोर र परम्परागत रहेको देखाएको छ ।


यसका साथै निगमलाई यात्रु मैत्री र प्रविधि मैत्री बनाउन डिजीटल मार्केटिङ्गमा समेत जोड दिनुपर्ने भनिएको छ ।


डिजीटल मार्केटिङ तर्फ डिजीटल प्रणालीबाट टिकट बिक्री ÷ खरिद प्रणालीबाट सेवा प्रदायक र सेवाग्राही लाभान्वित भएको भन्दै यसबाट सेवाग्राहीले सेवा प्रदायकको टिकट काउन्टरमै धाई राख्न नपर्ने र सेवा प्रदायकले पनि टिकट बिक्रीको लागि धेरै जनशक्ति खर्च गरीरहनु नपर्ने भनिएको छ ।

“‘निगमले आफ्नो एप्सबाट र केही गेटवएको माध्यमबाट आन्तरिक हवाई टिकट बिक्री गरीरहेको छ। अन्तर्राष्ट्रिय उडानको टिकट सुविधा निगमको बेभसाइटमा मात्र पाइन्छ । सबै बैंकहरुको गेटवए पेमेन्ट प्रणालीमा निगमको टिकट बिक्री प्रणाली जोडिन बाँकी नै छ । यसतर्फ काम भैरहेको निगम व्यवस्थापनले जानकारी समितिलाई दिएको छ । हवाई बजार व्यवस्थापनमा प्रविधिगत हस्तक्षेप तीव्ररुपमा भैरहेको छ । यसबाट सेवाग्राही र सेवा प्रदायक दुवैलाई सहज र व्यवसायिक फाइदा भएको छ । निगमले राष्ट्रिय तथा अन्तराष्ट्रिय सेवाका टिकटहरु डिजीटल बिक्री प्रणालीमा राख्नुपर्छ । ”


“डिजीटल मार्केटिङ्ग एप्स तथा सामाजिक संजालमार्फत गर्ने प्रचलन बढेको छ। यो किफायती तथा प्रभावकारी हुने हुँदा निगमले डिजिटल मार्केटिङ्गलाई महत्व दिनुपर्ने देखिन्छ,” प्रतिवेदनमा उल्लेख छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update