Public Pana
आज विश्व पशु दिवस

आज अक्टुवर ४ अर्थात् विश्व पशु दिवस । हरेक वर्ष अक्टोबर महिनाको ४ तारिखमा विश्व भरि जनावर दिवस मनाइन्छ । अनि जनावर सँगको मानवीय दायित्व र सम्बन्धलाई अन्र्तनिर्भरतासंग व्याख्या गरिन्छ ।

मानव अनि जनावरहरू सबैका लागि यस संसार एउटा राम्रो ग्रह हुनपर्दछ भनेर आज जनावर अधिकार सङ्गठन अनि जनावर अधिकारकर्मी हरू एकै थलोमा भेला हुने गर्दछन् । 


ब् कजबचभम उबिलभत अर्थात् मानव पशुहरूको सहअस्तित्वलाई पशु दिवसमा यस वर्ष मनाईदै छ । चाडपर्व नजिकिदै गर्दा विश्वभर दिवस मनाउनु हिन्दुहरुको नाग पञ्चमी, कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाडहरुले त जनावरको यस विश्वमा उपस्थितिलाई नै पुनर्व्याख्या गरिदिएको छ । 


हामी मध्य हरेक मान्छेले जनावरहरूको संसारलाई केही हदसम्म खुकुलो पार्न सक्दछौँ । केही जनावर खतरनाक हुन्छन् त केही मैत्री हुन्छन्, जे होस् पृथ्वीमा बस्ने अधिकार सबैलाई समान छ ।

जनावर अधिकार अनि मानव जनावर बिचको स्वस्थ र मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न हामी सबै जना सफल हुन सक्नु नै ठूलो कूरा हो । 


वास्तवमा विश्व पशु दिवस जर्मनबाट शुरु भएको हो । 


सन् १९२५ अर्थात् लगभग ९३ बर्सअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले विश्वमै प्रथम जनावर दिवस मनाएका हुन् ।

सन् १९२९ बाट औपचारिक रूपमै अक्टोबर ४ मा यस दिवस मनाउन थालियो, यस दिनमा इटालियन सन्त फ्रँन्सिस अफ एसिसी को जन्मदिन पनि पर्न गएको हो, यी सन्तलाई ११ औँ शताब्दीबाट अहिलेसम्म पर्यावरण र जनावर मैत्री समाजका प्रवर्तक र प्रचारक का रूपमा चिनिन्छ ।

पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि जनावरको योगदान महत्वपूर्ण मानिन्छ ।
 

सबैलाई पशु दिवसको शुभकामना 

pasu diwas1696399988.jpg

cow_1696382992.jpg

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update