Public Pana
अधिकांश स्थानमा चट्याङसहित वर्षा 

आज बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


विभिन्न पाँचवटा प्रदेशमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पाइएको छ । 


कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो । 


साथै यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।


यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

कोशी, मधेश र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 


साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update