Public Pana
कात्तिक ७ गते,दसैं टीकाको उत्तम साइत बिहान ११ः२ बजे - सार्वजनिक पत्र सहित

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैंको टीकाको साइत सार्वजनिक गरेको छ । 


समितिका अनुसार दसैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । 


आज मंगलबार दसैंसँग सम्बन्धित साइतहरू सार्वजनिक गर्दै समितिले यसबारे जानकारी गराएको हो ।  


दसैंको सुरुवात असोज २८ गतेबाट हुनेछ । घटस्थापनाको साइत असोज २८ गते बिहान ११ बजेर २९ मिनेटमा रहेको समितिले जनाएको छ । 


यस्तै कार्तिक ४ गते शनिबार फूलपाती छ । त्यसदिन तुलजाभवानी यात्रा बिहान ८ बजेर २४ मिनेट बजे शुभ रहेको समितिले जनाएको छ ।


कात्तिक ७ गते विजया दशमीका दिन बिहान १० बजेर ३७ मिनेटदेखि देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ ।

dashain_1696344663.png

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update