Public Pana
शेयर बजारमा १ अर्ब १९ करोड रुपैयाँको कारोबार

शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ विन्दुमा झरेको छ ।


आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै सबैको लघुवित्त वित्तीय संस्थाको शेयर साढे सात प्रतिशत र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको शेयर सात प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज समता लघुवित्त र घलेम्दी हाइड्रोको शेयर झन्डै आठ प्रतिशतले उकालो लागेको छ ।


आज ३९ लाख ६५ हजार कित्ता शेयर एक अर्ब १९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएका छन् ।

सबैभन्दा धेरै सिटीजन्स लाइफ इन्सुरेन्सको पाँच करोड ५९ लाख र एनआईसी एसिया बैंकको पाँच करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update