Public Pana
३०० वटाभन्दा बढी मिर्गौला तस्करी गर्ने पाकिस्तानी डाक्टर फेरि पक्राउ

पाकिस्तानमा प्रहरीले अङ्ग तस्करीमा संलग्न एउटा गिरोहका आठ जना पक्राउ परेको जनाएको छ ।

प्रहरीका अनुसार फवाद मुख्तार नामक उक्त गिरोहका नाइकेले ३०० भन्दा बढी मानिसबाट मिर्गौला निकालेर धेरै पैसा दिने बिरामीमा प्रत्यारोपण गराएको आरोप छ ।

मुख्तार आफैँ चिकित्सक भएको सञ्चारमाध्यममा प्रकाशित विवरणहरूमा उल्लेख छ ।

यसअघि उनी पाँच पटक अवैध रूपमा मिर्गौला निकालेर बेचेको आरोपमा पक्राउ परेका थिए। तर प्रत्येक पटक जमानतमा रिहा भएका थिए ।

उनको गिरोहले मिर्गौला निकाल्दा कम्तीमा तीन जनाको मृत्यु भएको सरकारी अधिकारीहरू बताउँछन्।


उक्त गिरोह पाकिस्तानको पूर्वी प्रान्त पन्जाबभरि र पाकिस्तान–नियन्त्रित कश्मीरमा पनि सक्रिय रहेको ठानिएको बिबिसीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update