Public Pana

प्रतिनिधिसभा सदस्य धवलशमशेर जबराले नेपालगन्जमा सामाजिक सद्भाव कायम गर्न अपिल गरेका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले बाँकेको नेपालगन्ज बजारमा ‘कर्फ्यू’ लागिरहेको भन्दै त्यस्ता घटना तत्कालै नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।


सांसद जवराले सामाजिक सद्भाव खलबल्याउन मोबाइल फोनको प्रभाव रहेको भन्दै तत्कालै दोषीलाई कारबाही गर्न माग पनि गरे ।

‘नेपालगन्जमा दुई समुदायबीच हिंसा फैलिएको छ । यो सबै कुराको जड मोबाइल हो । चाहे मधेस प्रदेश होस् वा विभिन्न भागमा भएका घटना हुन् । त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गरिनुपर्छ’, उनले भने ।
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update