Public Pana

नेकपा एमाले अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई सरकारले राष्ट्रिय दिवस मनाउने गरेको निर्णयलाई अगामी मन्त्रिपरिषद्को बैठकबाटै फिर्ता माग गरेका छन् ।


आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन मन्जुर नरहेको स्पष्ट पारे । ‘अगामी मन्त्रिपरिषद्को बैठकले यसलाई फिर्ता लियोस्’, ओलीले भने, ‘बट इफ छैन, क्लियर भाषामा भन्छु– फिर्ता गरिनु पर्दछ । यो स्वीकार्य छैन ।’

उनले जेसुकै कारणले द्वन्द्व भएको भए पनि, त्यो उपयुक्त नभएको दाबी गरे । उक्त द्वन्द्वमा अनावश्यक ढङ्गले मान्छे मारिएको बताउँदै उनले त्यो दुखद च्याप्टरलाई अन्त्य गर्न आग्रह गरे ।


जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाउने निर्णयबाट सरकार पछि नहटे त्यसबाट सरकारले हिंसा नत्यागेको बुझिने धारणा राखे । ‘यदि फिर्ता लिइँदैन भने’, ओलीले प्रधानमन्त्री दाहाललाई इङ्गित गर्दै भने, ‘यसले– उहाँले युद्ध त्याग्नु भएको छैन भन्ने स्पष्ट पार्छ ।’ ‘

पीडितलाई रुवाएर, मलमपट्टी लगाउनु पर्ने ठाउँमा उनीहरूका घाउमा नुनचुक लगाएर तपाईं शान्ति प्रक्रियाका कुरा गर्ने ?’, ओलीले भने ।
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update