Public Pana

नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु आदेश जारी गरेको छ । 


सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार मध्यान्हदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।


नेपालगञ्जमा आइतबार मुस्लिमहरुले प्रदर्शन गरेका थिए भने मंगलबार हिन्दु समुदायले शक्ति प्रदर्शन गरेको छ ।

त्यसअघि मंगलबार नै जिल्लाका राजनीतिक दल, नागरिक समाजका अगुवा समेतले सामाजिक तथा धार्मिक सद्भावलाई थप बलियो बनाउन अपिल गर्दै सद्भाव र्याली निकालेको थियो । 
corfu-]1696324935.jpg

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update