Public Pana
कक्षा १२ को परीक्षा वैशाख दोस्रो हप्तामा

कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन हुने भएको छ ।


आज मंगलबार राष्ट्रिय परीक्षा बोर्डले वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो ।


परीक्षाफल २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ। परीक्षाफल प्रकाशन भएको ४५ दिनभित्रमा पूरक परीक्षा हुनेछ ।


कक्षा ११ को परीक्षा २०८१ को जेठ पहिलो हप्तामा गर्नुपर्ने बोर्डले जनाएको छ।

कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गते खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ ।
 

कक्षा १२ का लागि भने परीक्षा फाराम पुस १ गते खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाउनुपर्ने बोर्डले जनाएको छ ।

exa1696303060.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update