Public Pana
एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह विजयी भएका छन् । शाह मीनबहादुर शाहीलाई पराजित गर्दै विजयी भएका हुन् ।

गुलावजंगले ३६९ मत ल्याउँदा मीनबहादुर शाहीले २०७ मत ल्याए । प्रकाश रोकायाले ४ मत पाए ।
उपाध्यक्षमा जुम्लाका टेकराज पछाई विजयी भएका छन् ।

उनले ३४२ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी जाजरकोटका लालबहादुर महताराले १७६ र मुगुका दानसिंह परियारले ५९ मत प्राप्त गरे ।


यस्तै सचिवमा सुर्खेतका ध्रुवकुमार शाही ४०६ मतसहित विजयी हुँदा दैलेखका रुद्रबहादुर शाहीले १६९ मत प्राप्त गरे ।


पार्टी केन्द्रको सर्कुलरअनुसार सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आइतबार चुनावी प्रतिस्पर्धा भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update