Public Pana
टस जितेर भारतले ब्याटिङ रोज्यो, नेपालले पहिले बलिङ गर्दै

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा नेपालले भारतविरुद्ध पहिले बलिङ गर्नुपर्ने भएको छ।

भारतले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्नुपर्ने भएको हो । 
दुई देशबीचको खेल नेपाली समयानुसार बिहान पौने सात बजे शुरू हुनेछ । 


नेपाल विरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ ।

भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । 


नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो ।

भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो।आजको विजेता टोली सेमिफाइनल पुग्नेछ । 


नेपालले टी–२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो । ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update