Public Pana
बाग्मतीसहित विभिन्न प्रदेशमा ठूलो पानी पर्ने

हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा बिहानैदेखि मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


आज मंगलबार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।


आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 


हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update