Public Pana

नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । 


खतिवडाले ५१२ ले मत प्राप्त गरे भने ढकालले ४३० मत पाए । 


खतिवडा अध्यक्ष केपी केपी शर्मा ओली निकटका मानिन्छन् भने ढकाल पूर्वराष्ट्रपति विधा भण्डारी निकट हुन् । 


उपाध्यक्षमा टिकाराम चेमजोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा राजकुमार भण्डारी निर्वाचित भएका छन् । भण्डारीले शैलेश लामालाई पराजित गरे। भण्डारीले  ५२४ मत प्राप्त गर्दा लामाले ३८१ मत पाए । 


उपसचिवमा जलवर्षा राजवंशी निर्वाचित भएका छन् । दुई जना उपसिचवका लागि तीन जना प्रतिस्पर्धि थिए । अर्को उपाध्यक्षमा देवान राई निर्वाचित भएका छन् । राजवंशीले ६२८ मत प्राप्त गरिन् भने राइले ६१० मत प्राप्त गर्दै निर्वाचित भए । खेम नेपालीले ३९७ मत पाए ।


अध्यक्षमा निर्वाचित खतिवडा र पराजित ढकालले यसअघि मोरङ जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । २०६६ सालमा खतिवडालाई पराजित गर्दै ढकाल एमाले मोरङको जिल्लाध्यक्ष निर्वाचित भएका थिए । 


त्यतिबेला ढकाल ओली समूहबाट र खतिवडा माधव नेपाल समूहबाट उम्मेदवार बनेका थिए । जिल्ला अध्यक्षमा भिडेको १४ वर्षपछि प्रदेश अध्यक्षमा आमनेसामाने भएका हुन् । 
एमालेको आठौं अधिवेशनदेखि खतिवडा ओली समूहमै पुगेका थिए ।

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update