Public Pana
शेयर बजार ५ अङ्कले बढ्यो, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार

शेयर बजार आज सोमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ विन्दुमा पुगेको छ ।


आज होटल तथा पर्यटन र उत्पादन समूहबाहेक अरू समूहको शेयर बढेको छ । सबैभन्दा धेरै सीआईसीएल नेपाल लघुवित्त र सयपत्री हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढे पनि पिपुल्स हाइड्रो र मनकामना इन्जिनियरिङ हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज दुई सय ८६ वटा कम्पनीका ५७ लाख ७६ हजार कित्ता शेयर एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको दुई करोड १६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update