Public Pana
एमसीसी सिइओ एलिस र ओलीबीच भेट 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइटले भेट गरेकी छन् ।


हिजो आइतबार काठमाडौँ आइपुगेकी अलब्राइटले सोमबार अध्यक्ष ओलीसँग उनको निवास बालकोट पुगेर भेटवार्ता गरेकी हुन् ।


उनी एमसिसी कार्यान्वयनमा गएको अवसरमा नेपाल आएकी हुन् । एमसिसी सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि यही भदौ १३ गतेबाट उक्त परियोजना कार्यान्वयनमा गएको हो ।
उनी पाँच दिनसम्म नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । 

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update