Public Pana

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले शान्ति सम्झौता अनुसार शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ । 
 

१५४ औं गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनारायण स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता निधिले कुनै पनि बहानामा शान्ति प्रक्रियालाई रोक्न नहुने र शान्ति सम्झौता अनुसार शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

बदलाको भावना नभएर सवैलाई सहमतिमा ल्याएर नै यसलाई निष्कर्षमा पुराउनुपर्ने उहाको भनाइ छ । नेता निधिले अहिलेको राजनीतिक प्रणालीलाई सफल बनाउन सवै पक्ष गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

मुलुकको परिवर्तन र उपलव्धीलाई स्थापीत गर्न संविधान संशोधनका साथै थप कानून निर्माण गर्दै अघि बढ्नुपर्ने उहाले बताउनुभयो । 


त्यस्तै एमाले नेता प्रदीप ज्ञवालीले समाजमा देखिएका असन्तुष्टका कारण मुलुक अप्ठेरोमा पर्न सक्ने भएकाले समाजमा देखिएका परिवर्तनका आधारमा दिगो लोकतान्त्रीक न्याय समाज निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै माओवादी केन्द्रका नेता बर्षमान पुन अनन्तले मुुलुकको शन्तिप्रक्रियालाई मौलिक तवरले टुङ्गो लगाउने जिम्मेवारी सवैको भएको बताउनुभयो ।

उहाले राजनीतिक आवश्यकताले बनेको गठबन्धन बनेपनि मुलुकलाई अघि बढाउने बिषयमा भने सवै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।


कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्यमन्त्री मोहन बस्नेत लगाएतले समाजमा देखिने अन्तरविरोधलाई हल गर्ने गरि अहिंसाको बाटोमा अघि बढ्न अन्तराष्ट्रिय अहिंसा दिवसबाट मनन गर्नुपर्नेमा जोड दिएका थिए ।
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update