Public Pana

सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । 


सोमबार सिंहदरवारमा सञ्चारमाध्यममा देखिएको समस्याका बारेमा नेपाल पत्रकार महांसंघ र श्रमजीवी–पत्रकार संघको ध्यानाकर्षण कार्यक्रममा मन्त्री शर्माले ऐन कार्यान्वयनमा देखिएको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै आवश्यक परे समाधान गरिने बताउनुभएको हो ।


उहाले ऐन कार्यान्वयन हुन नसक्नुको कारण पहिचान गर्नुपर्ने र ऐनमा कमी कमजोरी देखिए पूर्ण बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाले सञ्चारमाध्यममा देखिएको श्रमका समस्याप्रति मन्त्रालय जानकार रहेकाले सूचना तथा प्रसारण विभागलाई समाधानका लागि आग्रह गरिएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले सहज रुपमा श्रम सम्बन्धी बिषय हल हुन नसके कानूनी बाटो खुल्ला गर्नुपर्नेमा मन्त्रालय प्रष्ट रहेको बताउनुभयो । 

त्यस्तै पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सवै कानून लागू भएपनि श्रमजीवी–पत्रकारसम्बन्धी कानून लागू हुन नसकेको बताउनुभयो ।

श्रमजिवी पत्रकारको हित र सम्पादकीय वा प्रेस स्वतन्त्रता बाहेक अन्य बिषयमा ऐन परिमार्जन गर्न महासंघ तयार रहेको उहाले बताउनुभयो । श्रम अधिकारका लागि महासंघ सदैव अग्रमोर्चामा रहेर लड्ने उहाको भनाइ छ ।

बिभिन्न सञ्चारमाध्यममा व्यवस्थापकहरुले श्रमजीवी–पत्रकारलाई जबर्जस्त निष्काशन, तलव रोक्का, अनावश्यक सरुवा गरेकोमा कानुन अनुरुप कार्वाही, पारिश्रमिक बृद्धि, ऐनमा तोकिएको सेवासुविधा लागु गर्नेलगायतका विषयमा नेपाल पत्रकार महांसंघ र श्रमजीवी–पत्रकार संघ, नेपालले संयुक्त रुपमा सञ्चार मन्त्रीको ध्यानाकर्षण गराएको हो । 
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update