Public Pana

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले निर्माणधिन संघीय संसद भवनका बिषयमा सरोकारवाला निकायसंग छलफल गर्ने निर्णय गरेको छ । 


सोमबार निर्माणधिन संघीय संसद भवनको अवलोकनपछि समितिले शहरी बिकास मन्त्रालय, परामर्शदाता र निर्माण कम्पनीसंग प्रगति विवरण सहित छलफल गर्ने निर्णय गरेको हो ।

पटक पटक म्याद थप गर्दा पनि संघीय संसद भवनको निर्माणमा ढिलाई भइरहेको समितिको ठहर छ ।

अनुगमनका क्रममा समिति सदस्यहरुले कामदारहरुसंग निर्माणका लागि भएको समस्याका बारेमा जानकारी लिएको थियो ।


सिंहदरबारभित्र १७३ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन बनाउन २०७६मा सम्झौता भएपनि निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन ।

दूई पटक म्याद थप गर्दा पनि कामको गति बढेको नदेखिएकाले सरोकारवाला निकायसंग छलफल गर्ने निर्णय गरिएको समिति सभापति दिपक सिंहले जानकारी दिनुभयो ।


त्यस्तै चाडपर्व नजिकदै जाँदा मुलुकभरको राजमार्गका साथै यातायातको अग्रिम बुकिङका साथै बसको व्यवस्थाका बारेमा यातायात मन्त्रालयसंग छलफल गर्ने निर्णय गरिएको सभापति सिंहले बताउनुभयो । 
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update