Public Pana

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताउनुभएको छ । 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार काठमाडौंमा आयोजना गरेको वल्र्ड इन्भेस्टर विक–२०२३ मा बोल्दै अर्थमन्त्री महतले सेयर बजारलाई स्वस्थकर बनाउदै आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताउनुभएको हो ।

इनसाइडर ट्रेनिङ र सूचना लिक हुने प्रवृत्तिलाई धितोपत्र बोर्डले नियमनको दायराभित्र ल्याउनुपर्ने उहाले बताउनुभयो । उहाले लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्ने र  सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

महतले विविध कारणले सेयर बजार अहिले तल झरेको र माइक्रो म्यानेजमेन्टमा समस्या भएकाले समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाले सेयर बजार सुधारका लागि केही निर्णय चाडै आउने जिकिर गर्नुभयो । 
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update