Public Pana
स्थानीय तहका कर्मचारीको प्रदर्शन 

आफ्ना माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दै स्थानीय तहका कर्मचारीले दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 
 

काठमाडौंको माइतीघरमा धर्ना दिनेदेखि देशभरका सबै स्थानीय तहमा सेवा प्रवाह रोक्नेसम्मका कार्यक्रम स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले घोषणा गरेको छ । 
संघर्ष समितिका संयोजक दीपक गौतमका अनुसार स्थानीय तहका कर्मचारीले आज सोमबार हातमा कालोपट्टी बाँधेर बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिने छन् । 

 

माइतीघर मण्डलामा हुने धर्ना कार्यक्रममा सहभागी हुन संघर्ष समितिले देशभरका स्थानीय तहका कर्मचारीलाई काठमाडौं बोलाएको छ । 
 

त्यसैगरी भोलि मंगलबार देशभरीका स्थानीय तहमा हातमा कालोपट्टी बाँधेर काम गर्ने र भोलि नै सम्बन्धित निकायमा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम पनि संघर्ष समितिले घोषणा गरेको छ ।
 

त्यसैगरी असोज १७ गते बुधबार काठमाडौंमा वृहत् प्रदर्शन गर्ने, असोज १९ गते देशभरीका स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने र अनिश्चितकालीन पेन डाउन गरिने संयोजक गौतमले बताए ।
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update