Public Pana
पोखराबाट सुर्खेत जाँदै गरेको बस आज  बिहान  दुर्घटना हुँदा १४ जना यात्रु घाइते

पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएको हो ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ ।

बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update