Public Pana
गृहमन्त्रीको उपस्थितिमा १८ गते मलंगवामा सद्भाव र्याली हुने -सहजीकरण समितिकाे निर्णय

स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ ।

रातिको समयमा लगाउँदै आएको कर्फ्यु गएरातिदेखि पूर्णरूपमा हटाइएको स्थानीय प्रशासनले यहि असोज १८ गते गृहमन्त्री श्रेष्ठको उपस्थितिमा सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो । 

यसअघि असोज ८ गते दिउँसोको कर्फ्यु हटाइएको स्थानीय प्रशासनले आइतबार रातिदेखि रातको कर्फ्यु  पनि हटाएको छ । 

हिजो आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले चारबुँदे निर्णय गर्दै मलंगवाको कर्फ्यु आदेशलाई आइतबार रातिदेखि पूर्णरूपमा निष्क्रिय पार्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 


सामाजिक सद्भाव विथोलिने गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले साविक मलंगवा नगरपालिका क्षेत्रमा यहि असोज ८ गतेदेखि राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो । 

sadvab1696213482.jpg

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update