Public Pana
एमाले कोशी प्रदेश अधिवेशनमा मतदान सकियो, मतगणना आजै

नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

हिजो आइतवार राति  १० बजेदेखि  शुरू भएको मतदान आज सोमबार बिहान ५ बजे सकिएको हो । 
 

९९७ प्रतिनिधिमध्ये ९७७ जनाले मतदान गरेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए । 
 

अध्यक्षका प्रत्यासी विनोद ढकाल र घनश्याम खतिवडा प्यानल नै बनाएर चुनावी मैदानमा छन् । 
 

गत शुक्रबारदेखि शुरू भएको अधिवेशनले २१५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छन । 
 

आज बिहानै मतदान सकिए पनि मतगणना भने आज दिउँसोबाट मात्रै शुरू हुने निर्वाचन कमिटीले जनाएको छ ।
 

यसैबीच गण्डकी प्रदेश अधिवेशन आजबाट शुरू हुँदैछ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् । भने कर्णालीमा आज मतगणना हुदैछ । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update