Public Pana
यो सरकार कसको ? भन्दै गगनको प्रश्न 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनको सरकार जबाफदेही नहुने स्थिति बनेको बताएका छन् ।


कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा थापाले भने, ‘यो सरकार चाहिँ हो कसको ? ८० सालमा सरकार चलाउने ८४ सालमा उत्तर दिने बेला एक जना पनि हुँदैन । सरकार भनेको जबाफदेही हुनुपर्छ । चुनावमा जाँदा सरकारले राम्रो कि नराम्रो  भन्न अलमल हुन्छ ।’


८४ सालको चुनावमा गठबन्धन नहुने भन्दै सरकारका कामबारे अलमल हुने महामन्त्री थापाको भनाइ थियो । ‘८४ सालको चुनावमा गठबन्धन हुँदै हुँदैन । यो लेखेर राख्नुहोस् । कसैले गठबन्धन गर्छु भन्यो भने बहसै गर्नुपर्दैन । त्यो बहसमा कांग्रेस प्रवेश गर्न पनि पाउँदैन ।

त्यो सकियो । ८४ मा कांग्रेस र माओवादीका बीचमा पनि चुनाव हुन्छ,’ उनले भने, ‘पाँच वर्षपछि सरकारले राम्रो काम ग¥यो भनेर घोषणापत्रमा कसले लेख्ने ? अहिले हामी सरकारले केही नै गरेन भन्दै छौँ । हाम्रो भागमा प्रधानमन्त्री आएका बेला उसले (माओवादी) पनि केही गरेन भन्छ । सबै जोड्दा चार केही भएन भन्ने निष्कर्ष निस्किने भयो । यसको जिम्मा कसले लिन्छ ?’ 


उनले गठबन्धनभित्र नयाँ बहस चलाउनुपर्ने पनि बताए । ‘यो दुई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिऔँ । कांग्रेसका मन्त्री फिर्ता बोलाऔँ ।

फ्ओलरबाट समर्थन जनाऔँ । असहमति जनाउने ठाउँमा असहमति जाने सहमति जनाउने ठाउँमा सहमति जनाउने सरकार उहाँहरुले चलाउनु हुन्छ,’ थापाको प्रस्ताव छ, ‘त्यसपछिको दुई अढाई वर्ष कांग्रेसले चलाउन पाउनुपर्छ । कांग्रेसले एक्लै चलाउँछ । त्यो एक्लै चलाउँदाको जस पनि कांग्रेस एक्लैले लिन्छ । अपजस पनि कांग्रेसले लिन्छ । यो कुरा प्रदेशमा सोच्चौं ।’
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update