Public Pana

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण बिषयमा छलफल नै हुन नसकेको बताउनुभएको छ । 
 

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले विआरआइ लगाएतका सम्झौता कार्यान्वयनका महत्वपूर्ण बिषयमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल नै हुन नसकेको वताउनुभएको हो । 
 

उहाले नेपालप्रति चीनका कतिपय आशंकाहरुलाई पनि प्रधानमन्त्रीको भ्रमणले विश्वास दिलाउन नसकेको जिकिर गर्नुभयो ।

अहिलेको विश्वपरिवेशको द्वन्द्वमा नेपाल फस्न नहुने र नेपालले पनि त्यही अनुसार देशहरुसंग सम्झौता गर्नुपर्ने उहाको भनाइ छ । 
 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले चीनले प्रकाशित गरेको नक्सामा प्रधानमन्त्रीले बोल्न नसक्नु उचित नभएको बताउनुभयो । प्रधानमन्त्रीले आर्थिक र वातावरणसम्बन्धी मुद्धा उठाएको  र राजनीतिक मुद्धामा अलि सजक भएको हो की भन्ने महशुस भएको उहाको भनाइ छ । 
 

त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जवाफ दिएपछि सांसदहरुको प्रश्न राख्न पाउनुपर्ने बताउनुभयो । 
 

उहाले अहिलेको संसद सञ्चालन प्रभावकारी नदेखिएको टिप्पणी गर्नुभयो । 
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update