Public Pana
सिरहाको मिर्चैयामा बस दुर्घटना :  २ को मृत्यु, २३ घाइते

सिरहाको मर्चैयामा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।


दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयास्थित मारुती सिमेन्टको फ्याक्ट्री नजिकै दुर्घटनामा परेको एसपी टेकुनन्द लिम्बूले जानकारी दिए ।


एसपी लिम्बूका अनुसार स्प्रिङ पत्ता भाँचिएर गाडी दुर्घटनामा परेको थियो । ’मारुती सिमेन्टको फ्याक्ट्री अगाडि पत्ता भाँचिएर अवस्थामा गाडी पल्टिएको छ ।

चालकले पनि पत्ता भाँचिएर दुर्घटना भएको बयान दिएका छन्’ उनले  भने, ’थप अनुसन्धान भइरहेको छ ।’
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update