Public Pana

राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बहुमत पुग्ने अवस्थामा मात्रै वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिने वताउनुभएको छ । 

आइतबार विराटनगरमा राष्ट्रिय प्रजातन्त्र पार्र्टी मोरङको गतिविधि बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सिटौलाले विगतको निर्वाचनमा सहकार्य गरेको र प्रदेशमा राजनैतिक स्थिरताका लागि बहुमत पुग्ने अवस्थामा विश्वासको मत दिन सकिने बताउनुभएको हो ।

कोशी प्रदेशका जनताहरुले मध्यावधि नचाहेको र प्रदेशमा राजनैतिक स्थिरताका लागि ठुला दलहरु मिल्नुपर्ने उहाले बताउनुभयो । नेता सिटौलाले विपक्षी गठबन्धनले अहिले सम्म राप्रपासंग समर्थन माग्न र कुनै बार्ता गर्न समेत नआएको बताउनुभयो । 

उहाले आगामी दिनमा र निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि सहमति गरेर मात्र अव कोशीमा बन्ने सरकारलाई सहमति दिन सकिने बताउनुभयो ।  

सिटौलाले जातिय सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउने प्रयासको आफुहरुले सधै विरोध गर्ने बताउदै कोशी प्रदेशका नामाकरण बारे प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्तिका कारण कोशी प्रदेशमा अस्थिरता उत्पन्न भएको र आन्दोलन भईरहेको बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update