
आपराधिक विश्वासघात’को आरोपमा शुक्रबार साँझ पक्राउ परेका अभिनेता अनमोल केसीलाई आइतबारसम्म मात्रै हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
त्यसैले उनि अहिले छुटे
अदालतले केसीविरुद्ध ३ दिन म्याद थप गर्न अनुमति दिएको हो । शुक्रबार पक्राउ परेका केसीको म्याद आज (आइतबार) नै सकिनेछ ।
केसीलाई शुक्रबार साँझ दोलखाबाट फर्कने क्रममा प्रहरीले काभ्रेको साँगाबाट पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेपछि केसी हिरासतमा नबसेर अस्पताल भर्ना भएका थिए ।
उनलाई आइतबार प्रहरीकै समन्वयमा अस्पतालबाट काठमाडौं जिल्ला परिसर टेकु लगिएको थियो।
त्यहाँबाट म्याद थपका लागि सरकारी वकिलको कार्यालय पु¥याइएका केसीबारे जिल्ला अदालत काठमाडौंमा बहस भएको थियो ।
‘रावायण’ फिल्ममा अभिनयका लागि १० लाख रुपैयाँ लिएर पनि सुटिङमा नआएर धोका दिएको भन्दै निर्माताले जाहेरी दिएपछि प्रहरीले अभिनेता केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।
६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यतिरकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन् ।