Public Pana

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भएको छ ।
 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।

सो क्रममा मन्त्री राईले विधेयक दर्ता भइसकेपछि सरोकारवालाले गरेका आन्दोलन र भएका सहमतिलाई संशोधनको प्रक्रियाबाट सम्बोधन गराउन पहल गर्ने बताउनुभयो ।


मौलिक हकको कार्यान्वयन, तीन तहका सरकारबीचको शिक्षा सञ्चालनको कार्यक्षेत्र र व्यवस्थापनका लागि विधेयक ल्याइएको उहाले बताउनुभयो । 


त्यसअघि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विधेयकमाथि प्रस्तुत गर्नुभएको विरोधको सूचना बहुमतले अस्वीकृत भएको थियो ।  उक्त विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update