Public Pana
कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता


कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गरेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् । 
महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन् भने सभापति देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् ।
भोली  बिहान ८ देखि १० बजेसम्मका लागि संसदीय दलको निर्वाचन तय गरिका छ ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update