Public Pana

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमण सफल भएको बताउनुभएको छ । 
 

आइतबार संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराउदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको महासभामा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन र अन्तराष्ट्रिय समुदायको सद्भाव हासिल गर्न सफल भएको र चीन भ्रमणले चार बर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थीतिको अन्त्य भएको बताउनुभएको हो ।

चीनमा रहदा द्विपक्षीय वार्तावाट छिमेकीहरुका संवेदनशील बिषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको र राजनीतिक तहमा विश्वासको वातावरण बनेको उहाले बताउनुभयो ।

उहाले पूर्वाधार निर्माण, व्यापार लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग र सहकार्यलाई तिव्रता दिने मार्गप्रशस्त भएको समेत जानकारी दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघमा दीगो बिकासका लक्ष्यहरुको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाल लगाएत अति कम विकसित मुलुकहरुका चूनौति र समाधानका लागी विश्व समुदायको ध्यानाकर्षण गराउने बिषयमा सफलता मिलेको दावी गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन गरेबमोजिम निगमले सो मूल्यवृद्धिको निर्णय फिर्ता लिई पूरानै मूल्य कामय गरेको जानकारी गराउनुभयो । 
उहाले स्वचलित मूल्य प्रणाली आयल निगमको एकाधिकार र स्वतन्त्रता नभएको पनि बताउनुभयो । 

त्यस्तै उहाले सुनको अवैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठनका बिषयमा सदनलाई जानकारी गराउनुभएको थियो ।

जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम नै आयोग गठन गर्ने निर्णय भएको उहाले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update