Public Pana
इन्धनको मूल्यवृद्धि फिर्तासँगै यातायातको भाडा बढ्नबाट रोकियो

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएपछि यातायातको भाडादर बढ्नबाट रोकिएको छ। यातायात व्यवस्था विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वचालित मूल्य अनुसार भाडादर वृद्धि गर्ने तयारी गरिरहँदा निगमले फिर्ता लिने निर्णय गरेसँग अहिलेकै दर कायम भएको हो ।

आयाल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधी २०८० तथा परिवर्तित मूल्यमा अभिवृद्धि करसहित समायोजन गरिएको मूल्य आइतबार रातिबाट लागू हुनेगरी फिर्ता गरिएको जनाएको छ । 

‘पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको ध्यान राखी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशिन बमोजिम मूल्य फिर्ता गरिएको छ,’ आयल निगमले भनेको छ, ‘हाल भएको मूल्यवृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी फिर्ता भएको छ ।’

साउन ३१ गते यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीमा करिब ५ प्रतिशत र मालवाहक सवारीमा ७ प्रतिशतसम्म भाडादर वृद्धि गरेको थियो ।   

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत तलमाथि भएमा घटबढ हुन्छ। साउन ३१ गते भाडा बढाउँदा १६५.८३ हुँदा भाडादर वृद्धि भएको थियो। शनिबार डिजेल प्रतिलिटर ६ रुपैयाँले वृद्धि हुँदा भाडादर वृद्धिको तयारी भएको थियो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले स्वचालित मूल्य भएकाले इन्धनको मूल्य अनुसार भाडा समायोजन हुने बताए ।

चाडपर्वको समयमा व्यवसायीले भाडामा छुट दिन नसक्ने भएकाले सरकारले नै पहल गर्नुपर्ने बताए ।
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update